उपेन्द्र सुब्बाको दोस्रो चलचित्र ‘मनसरा’

उपेन्द्र सुब्बाको दोस्रो चलचित्र ‘मनसरा’

विराटनगर । उपेन्द्र सुब्बाद्धारा निर्देशित दोश्रो फिल्म मनसरा बैशाख २१ गते प्रदर्शन मिति घोषणा गरिएको छ ।

‘जारी’ पछिको यो सुब्बाद्धारा निर्देशित 'मनसरा' दोस्रो चलचित्र हो ।

निर्माण कम्पनी कबड्डी फिल्मसले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । निर्देशक सुब्बाले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको पोस्टर सार्वजनिक गर्दै भनेको छन्,‘तपाईहरुको साथ, सहयोग र आर्शिवाद रहोस् बैशाख २१ मा भेटुमला ।’
यो फिल्ममा पनि दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । भने, पोस्टरमा मिरुनालाई चित्रण गरिएको छ ।

फिल्ममा दयाहाङ र मिरुनासँगै प्रविण खतिवडा, मेनुका प्रधान र हेमन्त बुढाथोकीको पनि अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । उनी फिल्मका छायाँकर समेत हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् ।

निर्देशक सुब्बाले ‘मनसरा’को औपचारिक घोषणा समेत गरेका थिएनन् । उनले गुपचुप रुपमै फिल्मको केही प्रतिशत छायांकन पूरा गरिसकेको जनाइएको छ । ‘जारी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका सुब्बाले ‘मनसरा’लाई ग्रामीण परिवेश र जीवनशैलीमा तयार गरेको पोस्टरबाट बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्