पर्यटकलाई ढोका खोलेर स्वागत गरौं

पर्यटकलाई ढोका खोलेर स्वागत गरौं

नेपालमा पर्यटन संभावना प्रशस्त छ । ठाउँ र स्थान विशेष फरक–फरक संभावना भएका कारण हिमाल, पहाड र तराई ‘टुरिजम’का आयाम पनि फरक छन् । हिमालका लागि आउने पर्यटक पहाडका लागि पहाडका लागि आउने पर्यटक तराईका लागि नहुन सक्छन् । तराईका लागि आउने पर्यटकको गन्तव्य पनि पहाड वा हिमाल नपर्नसक्छ ।

भौगोलिक विविधता भित्रको जातीय, साँस्कृतिक र भाषिक विविधताको लाभ लिने अवसर प्रशस्त छन् । तर, त्यसका लागि वातावरणको जरुरी छ । विशाल छिमेकी मुलुक भारतसँग खुल्ला सीमानाकाले जोडिएको कोशी प्रदेश अझै धेरै संभावना बोकेको प्रदेशमा गनिन्छ । यसको लाभ विभाजनमा संघीयताको अभ्यास भईसकेको छैन । तर, नेपालमा होचोदेखि विश्वको अग्लो स्थान भएको कोशी प्रदेशमा पर्यटकका लागि सबै क्षेत्र उतिकै समान छन् ।

कोरोनापछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः उठ्दै गएको छ । पर्यटन बोर्डको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको नौ महिनाको अवधी पूरा नहुँदै नेपालमा नौलाख पर्यटक भित्रिसकेका छन् । यी तेस्रो मुलुकबाट नेपाल आउने पर्यटक हुन् । चालु आर्थिक वर्षमा दश लाख पर्यटक आउने आंकलन मुख्य समय अगाडी नै पूरा हुनु गौरवयोग्य छ ।
पर्यटन क्षेत्रले नेपालको आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान दिन्छ । यसको ठाउँ विशेष फरक–फरक आयाममा फरक–फरक वातावरण जरुरी हुन्छ । विराटनगरबाट यदि कोशी प्रदेशका अन्य जिल्लालाई एयर कनेक्टिभिटीले गराउने हो भने यहाँका होटलको अकुपेन्सी बढ्छ । यदि त्यो नहुँदा पनि तेस्रो मुलुकका पर्यटक भित्र्याउनका लागि अध्यागमन कार्यालय सुचारु गर्न जरुरी छ । भारतबाट आउने पर्यटकहरुका लागि मात्रै सहज बनाउने हो भने सीमा जोडिएका शहरका होटल व्यवसायिहरुलाई लाभ हुने देखिन्छ ।

यस कारण विभिन्न कारण देखाएर नेपाल भित्रन चाहने भारतीय पर्यटकका लागि ढोकाहरु बन्द गर्ने वा साँघुरा राख्ने भन्दा पनि सम्मान र सत्कारसहित स्वागत गर्ने वातावरण बनाउन जरुरी छ । राज्यले संभावनाको अध्ययन गर्नुपर्दछ, वातावरण सहज बनाउनु पर्दछ । व्यवसायिकहरुले नेपाली मौलिकतालाई ख्याल गर्नुपर्दछ र व्यवसाय गर्नुपर्दछ । होटल व्यवसायको क्षेत्रमा भएको लगानीले राज्यलाई पुग्न लाभ लिनसके मात्रै देश आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्