एसविएससी सिङ्गिङ स्टार सम्पन्न, निश्हितले उपाधि चुमे

एसविएससी सिङ्गिङ स्टार सम्पन्न, निश्हितले उपाधि चुमे

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससी सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीको पार्लेन्स सेण्डरी स्कुलका प्रशुनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित गरेको हो ।

प्रतियोगिताको सेकेण्ड रनरअप पथरीस्थित एभरेष्ट स्कुलकी रोषनी गुरूङ्ग घोषित भइन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्तवनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा गायक साजन राई रहेका थिए । ‘आवाज तपाईको, गौरव राष्ट्रको, देन नीजी विद्यालयको’ भन्ने मुल नाराको साथ प्रत्येक वर्ष एसबीएससी सिङ्गिङ स्टार हुँदै आएको छ । प्रतियोगितामा बिजेता हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा जिल्लाभरीबाट विभिन्न चरणको अडिसनबाट छनौट भएका विद्यार्थीहरु फाइनलमा पुगेका थिए । गत साउनदेखि अडिसन राउण्ड सुरु भएको थियो । झण्डै तीन सय विद्यार्थीहरुबाट विभिन्न चरणको अडिसन राउण्डबाट छनौट भएर फाइनलमा १४ जना पुगेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । अडिसन राउण्ड विराटनगर, रंगेली, उर्लाबारी र विराटचोकमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए ।

आगमी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्ता दिनुपर्ने उनले बताए । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम पुरी, अभिभाव संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकी, पूर्व अध्यक्ष इन्द्र राईलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्