विराटनगर कारागारका कैदीको मृत्यु, भुक्तान सकिने मृत्यु भएपछि आफन्त आक्रोशित

विराटनगर कारागारका कैदीको मृत्यु, भुक्तान सकिने मृत्यु भएपछि आफन्त आक्रोशित

विराटनगर । मोरङ कारागार विराटनगरका कैदीको कैद भुक्तान सकिने दिन मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् । लेनदेन ठगी मुद्दाका विराटनगर – १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेट र श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मोरङ कारागारका निमित्त जेलर कृष्णहरी न्यौपानेका अनुसार उनको उपचार क्रममा मृत्यु भएको हो । सहनीको कैद भुक्तान सोमबार नै सकिने दिन रहेको थियो । घर फर्कने दिन उनको मृत्यु हुनुलाई आफन्तले शंकास्पद मान्दै कोशी अस्पताल परिसरमा भेला भएर विरोध जनाएका छन् ।

सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला सुनाएको थियो । उनी २०७९ माघ १७ गते पक्राउ गरेर अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिएको थियो । मोरङ कारागारमा सोमबारसम्म पुरुष ९४८, महिला ८९ र नावलक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्