मेनमा ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित

मेनमा ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित

सान फ्रान्सिस्को । सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय गरेको छ ।

सन् २०२० को निर्वाचन परिणाम उल्टाउने प्रयासमा अमेरिकी संसद् भवनमा गरेको हिंसामा आफ्ना प्रशंसकलाई उक्साउने काम गरेको ठहर गर्दै पूर्व राष्ट्रपति ट्रम्प मेन राज्यको रिपब्लिकन प्राइमरी निर्बाचनका लागि योग्य नरहने अदालतले फैसला गरेको मेनका स्टेट सेक्रेटरी शेना बेलोजले बताउनुभयो ।

ट्रम्पको चुनावी अभियानले बेलोजको निर्णयविरुद्ध मेनको राज्य अदालतमा अपिल गर्ने बताएको छ र बेलोजले उक्त अदालती प्रणालीले यस मुद्दामा फैसला नगरेसम्म उक्त निर्णयलाई कार्यान्वयन गर्नु हुनेछैन ।

अन्त्यमा, देशको सर्वोच्च अदालतले ट्रम्प मेन र अन्य राज्यहरूमा मतपत्रमा समावेश हुने वा नहुने भन्नेबारे अन्तिम निर्णय गर्नेछ । कोलोराडो राज्यकी विदेशमन्त्री जेना ग्रिसवोल्डले कोलोराडो राज्यको सर्वोच्च अदालतले ट्रम्पविरुद्ध यसअघिको फैसलालाई सदर नगरेसम्म सन् २०२४ को राष्ट्रपतीय प्राइमरी निर्बाचनमा ट्रम्पको नाम यथावत् रहने बिहीबार पुष्टि गर्नुभएको थियो ।

कोलोराडो रिपब्लिकन पार्टीले एन्डरसनविरुद्ध कोलोराडो सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल गरेको छ । ग्रिसवोल्डले यससम्बन्धी आफ्नो धारणा राख्दै भन्नुभएको छ, “अमेरिकी सर्वोच्च अदालतले मुद्दा लिन इन्कार नगर्दा वा कोलोराडो उच्च अदालतको निर्णयलाई पुष्टि नगर्दासम्म दायर गरिएको अपिलको साथ, ट्रम्पलाई कोलोराडोको सन् २०२४ को राष्ट्रपतीय प्राइमरी निर्वाचनमा उम्मेदवारको रूपमा समावेश गरिनेछ ।”

यद्यपि ग्रिसवोल्डले आफ्नो भनाइमा सन् २०२० को निर्वाचन र विशेष गरी जनवरी ६, २०२१ को अमेरिकी संसदमा भएको घटनालाई चौधौं संशोधनको धारा तीनअन्तर्गत उल्टाउने प्रयासका कारण ट्रम्प अयोग्य भएको बताउनुभएको थियो । पूर्व राष्ट्रपति ट्रम्पले आरोपको खण्डन गर्दै आउनुभएको छ ।

“ट्रम्प विद्रोहमा संलग्न हुनुहुन्थ्यो र कोलोराडोको संविधानअन्तर्गत निर्वाचनमा प्रतिस्पर्धाका लागि अयोग्य घोषित हुनुभएको थियो । कोलोराडोको उच्च अदालतले यसलाई सही ठहर गरेको छ । यो निर्णयविरुद्ध अहिले अपिल भइरहेको छ । म अमेरिकी सर्वोच्च अदालतलाई आगामी राष्ट्रपतीय प्राथमिक निर्वाचनलाई ध्यानमा राखेर छिटो कदम चाल्न आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्