हजुरबुबा-आमासँग रहेकी बालिका बलात्कार आरोपमा मोरङको सुन्दरहरैंचामा घरधनी पक्राउ

हजुरबुबा-आमासँग रहेकी बालिका बलात्कार आरोपमा मोरङको सुन्दरहरैंचामा घरधनी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार भईरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

बालिकाका बुबा विदेशमा रहेका छन्, आमाले अर्को विहे गरेर गएपछि हजुरबुबा र हजुरआमासँग थिइन् । धनकुटा घर भएका उनीहरु सुन्दरहरैंचामा मगरको घर भाडामा लिएर बस्दै आएका थिए । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार अन्तिम घटना पुस १७ गते भएको अभिभावकले देखेपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा बालिकालाई डर देखाएर मगरले यस अगाडी समेत करणी गरेको खुलेको छ । पीडित बालिकाको स्वास्थ्यमा समस्या देखा परेपछि उनको उपचार समेत भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्