भारतको पारुल विश्वविद्यालयबारे नेपाली विद्यार्थीलाई जानकारी

भारतको पारुल विश्वविद्यालयबारे नेपाली विद्यार्थीलाई जानकारी

विराटनगर । भारतको गुजरातमा रहेको पारुल विश्वविध्यालयले नेपाली विद्यार्थीलाई विश्वविध्यालयको बारे जानकारी दिने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार भेटभाटमा उक्त विश्वविध्यालयकी उपाध्यक्ष गितिका पटेल, सहायक प्रबन्धक निरज शाह र अचिभार्स कन्सल्टिङका सुनिल जेस्वाल लगायतले पारुल विश्वविध्यालयमा नेपाली बिद्यार्थीहरुको रुची बढेको र नेपालबाट गएका बिद्यार्थीले राम्रो अंक ल्याएको जानकारी दिएका हुन् ।

पारुल विश्वबिद्यालय सन् २०१५ मा स्थापना भएको विश्वविद्यालय हो । विश्वविद्यालय अन्तर्गत ३८ शैक्षिक संस्था र २१ विधामा शैक्षिक कार्यक्रमहरु रहेका छन् । स्नातक देखि स्नाकोत्तर र विद्यावारिधीसम्मका कार्यक्रमहरु रहेको उपाध्यक्ष पटेलले जानकारी दिईन् । विश्वविध्यालयमा ४० हजार बढी बिद्यार्थी अध्यानरत रहेको पनि उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्