माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुरु, २०२५ मा रिलिज

<span class='c1'>माइकल ज्याक्सनको बायोपिक : जनवरी २२</span> <span class='c2'>बाट सुरु, २०२५ मा रिलिज</span>

लसएन्जल्स(अमरउजाला) । आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवन कथा चाँडै पर्दामा हेर्न पाइने भएको छ ।

‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तिब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माणपक्षले जनाएको छ । यसको निर्माणको कामयहीजनवरी २२ बाट सुरु हुनेछ । फिल्ममा एन्टोनीफूक्वाको निर्देशन रहनेछ । यो प्रोजेक्ट लायन्सगेटको सहयोगमा निर्माण हुनेछ । फिल्ममा ज्याक्सनका भतिज जाफर ज्याक्सनले शीर्ष भूमिका निभाउने छन् ।

युनिभर्सल पिक्चर्सले जापान बाहेकका देशका लागि फिल्मको अन्तर्राष्ट्रिय अधिकार लिइसकेको छ । फिल्म ‘ग्राहमकिङ’जोन ब्रैंका र जोन मेकक्लेनले मिलेर निर्माण गर्दैछन् । फिल्मको पटकथा जोनलोगनले लेखेका छन् । उनले यसअघि ‘ग्लाडिएटर’ र ‘द एविएटर’ जस्ता फिल्म लेखिसकेका छन् ।

निर्देशक एन्टोनीले फिल्मले ज्याक्सनको जीवनसँग जोडिएका सबै कुरालाई समेट्ने बताए । तर निर्देशकले दिवंगत संगीत आइकनसँग जोडिएका विवादलाई कसरी प्रस्तुत गर्छन् भन्ने यकिन भइसकेको छैन । बायोपिकउनको सम्पत्तिको संयोजनमा बनाइँदैछ, जसले बच्चाको यौन शोषणको आरोपका विरुद्ध उनको बचाव गरेका थिए । माइकलको जन्म२९ अगष्ट, १९५८ मा गेरी, इण्डियाना(शिकागो, इलिनोइसमा एक औद्योगिकउपनगर)मा एक श्रमिक वर्गको परिवारमा भएको थियो । जोसेफ वाल्टर ‘जो’ र केथरिन एस्थर (नी स्क्रूज)का नौं सन्तान मध्ये माइकल सातौं सन्तान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्