‘सितारे जमिन पर’को तयारीमा आमिर खान

‘सितारे जमिन पर’को तयारीमा आमिर खान

मुम्बई । सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन् । यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठूलो चाहना छ ।

अब आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’ बनाउने तयारीमा छन् । यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ । गत वर्ष आमिरले आफ्नो फिल्म ‘सितारे जमिन पर’ बनाउने घोषणा गरेका थिए । ‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मबिहिन छन् ।

छोरी आइरा खानको विवाहपछि आमिरको ध्यान आफ्नो करियरप्रति छ । उनी नयाँ फिल्मको सुरुवात आगामी महिनाबाट गर्नेछन् । उनी यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्दैछन् । यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन् । उनी यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदैछन् । यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदैछ । फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रुपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदैछन् ।

यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्