विराटनगर–२ का सम्बुद्ध भट्टाचार्य नक्कली डाक्टर आरोपमा काठमाण्डौंमा पक्राउ

विराटनगर–२ का सम्बुद्ध भट्टाचार्य नक्कली डाक्टर आरोपमा काठमाण्डौंमा पक्राउ

विराटनगर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टरको आरोपमा पक्राउ गरेको छ ।

४० वर्षीय भट्टाचार्यले नक्कली डाक्टर भई विभिन्न क्षेत्रमा ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका हुन्। उनलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

भट्टाचार्यले हिमाल धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोप उनलाई छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्