गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
सबथोक पाएर पनि खुशी बन्न नसकेको
म तिम्रै प्रेमिका हुँ! श्रीमती बन्न नसकेको

सियोबाट तरबार बनिसके आफ्नाहरु
म पुरानै कर्द हुँ! खुकुरी बन्न नसकेको

आँखामा बस्ने हरुको के कुरा गर्नु यहाँ
कोही छ,मुटुमै बसेर ढुक्ढुकी बन्न नसकेको

लेख्नु त धेरै थियो अट्न सकेनन् शब्दहरु
म उही गजलकार हुँ! कवि बन्न नसकेको

प्रतिफल दिन सकेन प्रेमको लगानीले
यसकारण हो मेरो जिन्दगी बन्न नसकेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्