-भुपाल अधिकारी
त्यही मर्न नै सक्छु जलमा डुबाएँ
नुहाऊ भनी प्रेम गंगा बगाएँ
नदी एक सागर भनी खोजी हिड्छ
तिमी लक्ष्य मेरो तिमी मै हराएँ
सदा भन्छ भ्रमर कुनै फूललाई
तिमीबाट बेकार यौवन लुटाएँ
कतिन्जेल जीवन यो बलिदान गर्नू
इमान्दार सम्झेर फासी चढाएँ
कतै सुम्सुमाएर माया गरेझैँ
त्यसै हातले मुटु नि टुक्रा बनाएँ