गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-आँचल कुमार शर्मा
लोहोटा रहेछ खाली कसको हो
भरिएको यो गाग्री कसको हो

खेल र मैदान साउती मार्छन्
आखिरमा खेलाडी कसको हो

ऊ पनि प्रेमी थियो कुनै बेला
ल! बताऊ वैरागी कसको हो

छोरो,पति,दाज्यू,भाइ कसैका
त्यसो भए त फौजी कसको हो

मैले दिएको स्वीटर कहाँ छ खै!
घाँटीको गलबन्दी कसको हो

सुगन्ध लिएर सुगन्ध खोज्दैछ
आकर्षक कस्तूरी कसको हो॥

काठमाडौं,टोखा शिवपुरीको काखबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्