-भावना मञ्जु
आधातमा रमायाै खेला हुँदाे रहेछ
दाेषी बनाउँनेकाे चर्चा हुँदाे रहेछ
आखाहरू डुबेछन् आफ्ना रमाउँदै थे
माया यहाँ अनाैठाे जात्रा हुँदाेरहेछ
सम्मान खाेज्छ जस्ले धेरै जहाँ उसैकाे
भित्री कठाेर आत्मा र साया हुँदाेरहेछ
आमा सदा हँसाऊ आत्मा खुसी बनाई
ममता तिमी जगाऊ आशा हुँदाेरहेछ
आकाशमा म उढ्ने चाहा थियाे चरी झैं
धर्ती सदा अहाे! रमितामा हुँदाेरहेछ