-प्रमुना पाैडेल
मुक्तक १
माहुरी जस्तै खोजी खोजी फुलमा डुल्नेलाई के थाहा
एउटा रुवाइ अर्कोको जिन्दगीमा फुल्नेलाई के थाहा
आैँशिको रातमा कति महत्त्वपूर्ण हुन्छ जूनको,
तर,घाम देखेपछि त्यही जून भुल्नेलाई के थाहा।।
मुक्तक २
अमुल्य ती आँशुका ढिक्का लुकाउन सक्नुपर्छ
अनगिन्ती मनका चोटहरु फुकाउन सक्नुपर्छ
थोरै धेरै जति आउन् जिन्दगीका पिडाहरु,
एउटा एउटा गर्दै घाममा सुकाउन सक्नुपर्छ।।
मुक्तक ३
पाखापखेराका सम्बन्ध तोड्न परेको हो
खाएका ती वाचाकसम मोड्न परेको हो
रोजगारी गर्ने अवसर नभएपछि देशभित्र ,
अनि मात्रै हामीले देश छोड्न परेको हो।।
मुक्तक ४
मैले तिम्रो तस्बिर छुनु परेको दिन
एउटा गल्ती हुनेछ रुनु परेको दिन
खुसियाली जिन्दगी बितोस् तिम्रो ,
सानू म स्वर्गवास हुनु परेको दिन।।
रामेछाप
हाल:भक्तपुर