हुण्डि कारोबार गर्दै आएका धरानका विश्वास राई काठमाण्डौंमा ३० लाखसहित पक्राउ

हुण्डि कारोबार गर्दै आएका धरानका विश्वास राई काठमाण्डौंमा ३० लाखसहित पक्राउ

विराटनगर । काठमाण्डौंमा हुण्डि कारोबार गर्दै आएको आरोपमा दुईजना पक्राउ गरेका छन् । काठमाण्डौं महानगरपालिका–१० का युवराज प्रसाँई र धरानका विश्वास राईलाई पक्राउ गरिएको हो ।

प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले ३० लाख १८ हजार नगद समेत बरामद गरिएको छ ।

काठमाण्डौं महानगरपालिका–६ मा बसोबास गर्दै आएका धरानका राईले प्रसाँईको घर भाडामा लिएर गैह्रकानुनी हुण्डी कारोवार गर्दै आएको खुलेको छ । खानतलासी गर्दा उक्त रकमसहित ल्यापटप दुईथान र मोवाइल पाँचथान समेत बरामद भएको छ । उनीहरु विरुद्ध काठमाण्डौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्