आज अमेरिकी डलरको भाउ स्थिर रहँदा पाउण्ड घट्यो

<span class='c1'>आज अमेरिकी डलरको भाउ</span> <span class='c2'>स्थिर रहँदा पाउण्ड घट्यो</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । आइतबारको तुलनामा डलरको मूल्यमा आज कुनै घटबढ भएको छैन । युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।

आइतबारको तुलनामा बेलायती पाउण्ड घटेर आएको छ । आइतबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्