गाँजा कारोबार : विराटनगर–१३ सैनिक टोलमा घर, विराटनगर–१० गुराँसटोलमा हप्ता अगाडीदेखि डेरा

गाँजा कारोबार : विराटनगर–१३ सैनिक टोलमा घर, विराटनगर–१० गुराँसटोलमा हप्ता अगाडीदेखि डेरा

विराटनगर । प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीसहित विराटनगरका तीनजना युवा सोमबार बिहान विराटनगर–१० तिनटोलियास्थित गुराँसटोलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोल २३ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजबंशी छन् ।

उनीहरुमध्ये रामअवतार साहले विराटनगर–१० गुराँसटोलमा एक हप्ता अगाडी मात्रै कोठा भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ परेका साहले एकहप्ता अगाडी मात्रै कोठा भाडामा लिएको बताएका हुन् ।

पक्राउ परेका विराटनगरका तीन युवासँगै बारा कोल्बी नगरपालिका ९ स्थित श्रीपुर घर भई प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीले योजनामै कोठा भाडामा लिएको हुनसक्ने आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले गाँजा आफ्नो नभएको बताउँदै आएका छन्, प्रहरी नायव उपरीक्षक दाहालले भने–थप विषय सोधखोजपछि खुल्नेछ तर कोठा भाडामा लिएको एकहप्ता मात्रै भएको बताइएको छ । साहले आफु कन्ट्रक्सनको काम गर्ने भएकोले कोठा लिएको दावी गरेका छन् ।

साहले भाडामा लिएको कोठा पछाडीपट्टी घाँसको झ्यासमा गाँजा लुकाएर राखिएको भन्ने सुचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक महेन्द्र बिक्रम केसीको कमाण्डमा खटिएको टोलिले छापा मारेको थियो । छापा हाल्ने क्रममा गाँजा, नेपाली र भारतीय नगद, सवाधी साधनसहितका वस्तु समेत बरामद गरिएको हो ।

सशस्त्र प्रहरीले साहले कोठा लिएको घर कम्पाउण्डबाट १२१ केजी गाँजा समेत बरामद गरेर आवश्यक अनुसन्धानका लागि मोरङ प्रहरीलाई बुझाएको हो । उनीहरुको साथबाट मोवाइल पाँचथान, नेपाली एकलाख ४५ हजार ७० रुपैँया, भारतीय ५०० को नोट, मोटरसाइकल प्रदेश १–०२–०४४ प १४८५, भेन को २ च १२१६ नम्बर को बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्