दोश्रो विवाहको दबाबको कथामा बनेको चलचित्र ‘दयारानी’

दोश्रो विवाहको दबाबको कथामा बनेको चलचित्र ‘दयारानी’

काठमाडौं । फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्मको सार्वजनिक २ मिनेट ३५ सेकेण्डको ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले दोस्रो विवाह गर्न दिएको दबाबलाई देखाइएको छ ।

टे्रलरमा दयाहाङमाथि अर्को एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएपछि उत्पन्न उतारचढावलाई पनि देखाइएको छ ।
माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म यही माघ २६ गते रिलिज हुँदैछ । बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्