कोशी अस्पताल कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित

कोशी अस्पताल कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित भएका छन् ।

मंगलबार विराटनगरमा भएको इकाईको दोस्रो अधिवेशनमा उमेशकुमार यादवलाई भारी मतान्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

मत परिमाणअनुसार खड्काले २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचत हुँदा उनका प्रतिस्पर्धी उमेशकुमार यादवले ३५ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा इन्दिरा भण्डारी १ सय ३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले १ सय १६ मत पाइन् ।

सचिवमा आनन्दकुमार सरदारले १ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १ सय ८ मत ल्याए । सह–सचिवमा ओमप्रकाश यादवले १ सय ३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीले पर्वत कार्कीले १ सय ७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १ सय ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी विष्णुप्रसाद शर्माले १ सय ३ मत ल्याए । यसैगरी, सदस्यहरूमा विधालक्ष्मी सुवेदीले १ सय ४८, डा. भुपेशमान राजभण्डारीले २ सय ४, बावुराम गौतमलले १ सय ७०, रमेशकुमार राजवंशीले १ सय ५४, जितनारायाण चौधरीले १ सय ५५, विजय डोमले १ सय ४०, सुवास निरौलाले १ सय ५९, सविना चौधरीले १ सय ८१, मोहन प्रसाद पौडेलले १ सय ५२, अनिल कुमार झाले १ सय ३६, चन्देश्वर साहले १ सय ५३, यशोदा तामाङले १ सय ५०, गंगा देवी कर्कीले १ सय ५६ मत ल्याएर निर्वाचित भए ।

कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईमा ३ सय ३० जना मतदाता आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्