सम्बन्ध

सम्बन्ध

-सुजता लिम्बू
सम्बन्धको बैंकमा
अलिकति त्याग धितो राखेर
प्रेम र विश्वास ऋणमा लिएकीछु
ब्याजमा समर्पण तिर्नेछु,
तिमिले र मैलेबाचेको
जिन्दगीको यात्रा त्यति सहज नहुँदो हो,
त्यसैले
कतै गुमनाम भए
धितो फुकाउनु
यादको सन्दूकबाट
आँशुको ढिका
तिम्रो
हत्केलामा थमाइदिनेछु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्