विमानस्थल

<span class='c1'>विमानस्थल</span> <span class='c2'></span>

-जयन्ता खत्री "सुधा"
बिरक्त अनुहारहरु भेटिने एउटा पुस्तकालय
वेवारिसे लासहरु बाकसमा खाँदिएर आउने धावनमार्ग
इतिहास सम्झिएर
खुब तर्खराएर
आफन्त, परिवार र छरछिमेक
कसैलाई सन्तोष त कसैलाई वेदनाको पर्खाइमा छोडेर
निधारमा अबिर रुपि कलङ्क
गर्धनमा दोसल्ला रुपि लाञ्छना
हातमा पासपोर्ट स्वरुप हिनता बोकेर
बाँझो जमिन छोडेर
आज पनि प्रदेशिनेहरुको भिड उस्तै छ
यो राजधानीको विमानस्थलमा
पर्खिनेहरु कोही सास भए पनि पर्खेका छन्
पर्खिनेहरु कोही लास भए पनि पर्खेका छन्
अझै पनि पर्खाइ जारि छ
नपत्याए त्यो सयपत्री र मखमली लाई सोध
ऊ तिमिलाई पर्खिदा पर्खिदै ओइलाएको छ
नपत्याए त्यो अबोध बालकलाई सोध
ऊ तिमी आउने आशै आशमा निदाएको छ
नपत्याए बुढि आमाको बर्को लाई सोध
तिमिलाई अङ्गाल्ने रहरमा रङ खुइलिएको छ
नपत्याए त्यो हिमाल लाई सोध
तिम्रो बाटो हेर्दा हेर्दै पग्लिएको छ
नपत्याए त्यो मृगलाई सोध
तिम्रो अनुहार खोज्दा आफ्नो बथान हराएको छ
नपत्याए त्यो खेत बारी लाई सोध
तिम्रो जोताइ र सिचाई पर्खिदा पर्खिदै बन्जर भएको छ
तिमिलाई कति प्यारो भयो ,त्यो प्रवासको पान र गुड्का?
जो बासमतिको भात बिर्सेउ
तिमिलाई कति मिठो लाग्यो, त्यो प्रवासको चिकेन र मटन?
जो सातु र मोहि बिर्सेउ
तिमिलाई कति आनन्द दियो, त्यो आलिसान महलको रङले?
जो इन्द्रेणी को रङ बिर्सेउ
तिमिलाई कति ताप दियो, त्यो कृतिम हिटर ले?
जो आमाको काख बिर्सेउ
तिम्रो लागि बरु म चुइगम हुन तयार छु
तिमिलाई चपाउने बानि परेको भए
तिम्रो लागि म बरु रेटिन्छु
तिमिलाई लुछ्ने आदत भएको भए
तिम्रो रच्छ्यानमा बहुरङ्गि भएर फुलिदिन्छु
तिमिलाई रङ्गिन सपना देखिन्छन् भने
तिम्रो लागि जलेर कोइला बनिदिन्छु
तिमिलाई ताप्ने बानि बसेको भए
तर........
तर, यसमा मैले राखेको सर्त जित्नुपर्छ तिमिले
तिमि जस्तो गएका थियौँ
त्यस्तै फर्किनुपर्छ विमानस्थलमा
तिमि त्यो बालकको सपना नबिथोलिदै र निद्रा नखुल्दै
आइपुग्नु पर्छ विमानस्थलमा
तिमिले आमाको बर्को नफाट्दै
टेकिसक्नुपर्छ विमानस्थलमा
तिमि त्यो गुराँस, सयपत्री र मखमली नझर्दै
झरिसक्नुपर्छ जहाज बाट
तिमि त्यो जमिन नभासिदै
सजिएको हुनुपर्छ दौरा सुरुवालमा,
समाई सक्नुपर्छ हलो र जुवा
अनि तिमि बाजि जित्ने छौं
मैले तिम्रो हरेक सर्त मान्नुपर्नेछ र म मान्दछु
रुदै हात हल्लाएको विमानस्थलमा
स्वगतको लागि पुष्पगुच्छा र सिउँदो सिन्दुर
लाएर बसेकी छु
मलाई धक्का लगाएर पुष्पगुच्छा नटेक्दै
मलाई नरपिचासहरुले कुदृष्टिले नदेख्दै
तिमि झुल्किनु पर्नेछ विमानस्थलमा
तिमिलाई मैले जत्तिकै कुरेर बसिरहेको छ
उहि पुरानो विमानस्थल
उहि राजधानीको विमानस्थल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्