गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
आदर्शले नै पाउने रहेछ यो आदर्श पनि
माग्दा सित्तैमा पाइदैन थियो परामर्श पनि

काँडाहरुको निसानी अझै भेटिन्छ पाउमा
कुनै दिन यतिसम्म गरिए छ संघर्ष पनि

सुखीकै पेवा रहेछन् संसारका खुशीहरु
दुखीको भागमा कहिल्यै पुग्दैनन् हर्ष पनि

नजर जुधाउन सुरुवात तिमीले गरेपछि
तिम्रै हातमा छोडेकी हुँ मैले निष्कर्ष पनि

मैले गुलाब दिँदा तिमी नजर मोडि हिंड्छौ
अचेल चोटमा भेट्छु म प्यारको स्पर्श पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्