धरानमा फागुन ५ गते फिल्म ‘गोर्खा वारियर’को प्रिमियर हुने

धरानमा फागुन ५ गते फिल्म ‘गोर्खा वारियर’को प्रिमियर हुने

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’को फागुन ५ गते धरानमा प्रिमियर हुने भएको छ ।

गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेको संघर्ष र पीडालाई समेटिएको यो फिल्ममा मिलन चाम्सको निर्माण तथा निर्देशन छ । निर्देशक मिलनले पूर्व ब्रिटिस र वर्तमान ब्रिटिस सैनिकको उल्लेख्य बसोबास रहेको धरानमा हुने प्रिमियरमा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस सैनिकहरु सहभागी हुने बताए । उनका अनुसार प्रिमियरमा एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोशाक र बाजागाजासहित ‘गोर्खा वारियर’को ब्यानर बोकी र्‍याली पछि प्रिमियर हुनेछ ।

निर्देशक मिलनले धरान पछि अन्य सहरमा पनि प्रिमियर गरिने जानकारी दिए । यो फिल्मको गत भदौ २४ गते बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा अन्तर्राष्ट्रिय प्रिमियर गरिएको थियो । फिल्म ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवाडको प्रारम्भिक मनोनयनमा परिसकेको छ ।

नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा निर्माण भएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्