मोरङ क्याम्पस परिसरमा अपराधको संकेत फेला

मोरङ क्याम्पस परिसरमा अपराधको संकेत फेला

विराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर परिसरमा टुक्रिएको अवस्थामा हातको औंला प्रहरीले बरामद गरेको छ । क्याम्पस परिसरमा मानिसको जस्तो देखिने औंला फेला परेपछि प्रहरीले त्यसलाई बरामद गरेर विविध कोणबाट अनुसन्धान सुरु गरेको हो ।

मोरङका प्रहरी  उपरीक्षक दिपक पोखरेलले अपराध भएको आशंका उब्जाउने किसिमको मानव अंग फेला परेपछि अहिले त्यसको विषयमा बहुआयमिक कोणबाट अनुसन्धान सुरु गरिने जानकारी दिए ।

एसपी पोखरेलले शंकास्पद सबैभन्दा पहिला औंलाबाट व्यक्ति पुरुष की महिला, उमेर समूह जस्ता विषय पहिचान गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक प्रक्रिया बढाउँदै संभावित घटनाको विषयमा जानकारी लिने प्रयासमा प्रहरीले काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्