देश दुख्या छ

देश दुख्या छ

-गीता अर्याल
मान्छेहरु भन्ने गर्छन्
आजभोलि देश दुख्या छ
सगरमाथा लाजले झुकेको छ
बागमती फोहोरमति भएको छ
मेची महाकाली बिरानो भएको छ।
हो मान्छेहरु भन्ने गर्छन्
आजभोलि देश दुख्या छ
हत्या बढेको छ
बलात्कार फस्टाएको छ
लुट झुट र ठग मौलाएको छ
मुल्य वृद्धिले जिवन ओरालो लागेको छ
देशामा बेरोजगारहरुको संख्या बढेको छ
श्रम शक्ति पलायन भएको छ
यहि देशको मजदुरले
बिश्वका ठुला शहरमा ठुला महल बनाए
तर यहाँ दक्ष जनशक्ति अभाव भएको छ।
मान्छेहरु त्यसैले भन्ने गर्छन्
यो देश दुखेको छ
गरिवको गरिवी बढेको छ
रोग शोक र भोक ब्याप्त छ
जताततै भद्रगोल छ
तर म भन्छु
देश देश रहेन
देश बेचेर खाने धेरै भए
कहाँ छ र अहिले मेरो देश
भन्नलाई देश दुख्या छ?

(कोषाध्यक्ष,नोबेल साकोस साहित्य संस्था काठमाडौं )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्