गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दीपा तिम्सिना
आफू हारेर पनि सधैं खुसी दिएको मान्छे
उस्कै ईच्छा पूरा गर्दा गर्दै रित्तिएको मान्छे

मरूभूमि झैँ जीवनमा के अर्थ भो रङ्गको?
तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे

सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी
सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे

साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानमा
कता गयौं खै बिच बाटोमा भेटिएको मान्छे?

प्यासि बनेर आएथ्यो यहाँ तृष्णा पूरा गरेपछि
उतै अस्तायो आउँछु भनि निस्किएको मान्छे।

ईलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्