अथाहै गुमाए…

<span class='c1'>अथाहै</span> <span class='c2'>गुमाए…</span>

-सुरज दाहाल
मैले अथाहै धेरै शब्दहरू गुमाए
लागत हिसाब नगरी नदेखेका संगितहरु गुमाए
तिमी सग नसुनेका गितहरु गुमाए
मैले नभोगेका कथाहरु गुमाए
मैले नपोखेका आँसुका थोपाहरु गुमाए
तिमीले नगरेको उधारो प्रेम पनि गुमाए
सायद चौराहमा छरिएको पर्चा झैँ
मैले मेरा भावनाहरु गुमाए
मैले चाहनाहरु गुमाए
मैले सबै मनोकामनाहरु गुमाए

मैले जिन्दगीको हिसाब नगरी उधारो आशामा बाचीरहे
जब मैले आफैलाई हिसाब गर्नुपर्ने बेला आयो ,
मैले गुमाएका शब्दको कुनै मुल्य छैन
म सग तिर्नको लागि कुनै कविता छैन
फिर्ता गर्न प्रेमको कुनै अनुभुति छैन
तिम्रो कथामा बाच्न समय पनि त छैन !

मैले तिमिलाई प्रेम ठानेर नभएका शब्द पनि खर्चिए
नदेखेका सपनाहरू पनि देखे
नलेखेका शब्दहरू पनि लेखे
कहिल्यै कहिल्यै नहिडेका बाटाहरु पनि हिडे
सायद ,

मैले गुमाएका शब्दहरूसँग मलाई कुनै पछुतो छैन
ती शब्द जुन गुलाफका पत्र भएर पनि चट्टानमा ठोकिए
ती शब्द जुन पुर्णिामाको चन्द्र झै निर्दोष भएरनी पलपल ह्रदयमा रोकिए
ती शब्द जसले जीवन र प्रेम बुझायो
ती शब्द जसले कसैलाई आफ्नो बनाउन सिकायो
किनकि मलाई थाहा छ मैले के गुमाए भनेर
किनकि मलाई थाहा छ केहि नपाइ के पाए भनेर

तिमिले मेरा शब्दहरु कतै देख्ने छौ यत्र तत्र सर्वत्र हैन
केहि शब्दले तिमीलाई मन्दिरको घण्टी बनेर ब्युझाउने छन्
केहि शब्दहरुले पानी बनेर तिमीलाई हिउँदमा रुझाउने छन् ,
केहि शब्दहरुले तिमीलाई स्मृतिमा सजाउने छन्
केहि शब्दहरूले तिमीलाई विस्मृतीमा मिलाउने छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्