गजल

गजल

-उषा केसी
बित्दैछ रात सधैं भिज्दैछ सिरानी
लेखेर नसकिने भयो अब कहानी

मध्ये रातमा आउँछौ प्याला पिएर
प्यालासँगै पिउँदैछौं सधैं मेरो जवानी

निष्ठुरी भै छोडेर जान सक्दिन कहिले
मनमुटु भित्र राखेकोछु तिम्रो निशानी

हुरी आधी थेग्दै कैयौ वसन्त बिताए
अझै कति थेग्नु पर्छ असिना पानी

अकेली थिए साथ दिँदै हात समायौ
जाऊ कता थाहा छैन देशकै राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्