कोशीमा काँग्रेसको धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्था : प्रचण्ड

कोशीमा काँग्रेसको धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्था : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएकोले गठबन्धन बारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा सोमबार अध्यक्ष प्रचण्डले कोशी धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको बैठकमा बताएका हुन् । कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरेका थिए । गठबन्धन जोगाउनकै लागि माओवादीले पनि कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् । यस विषयमा माओवादी केन्द्रको बैठकमा गम्भीर समिक्षा भईरहेको छ । अध्यक्ष प्रचण्डले यो धोकाले गठबन्धनका विषयमा पनि सोच्नुपर्ने गरि छलफल भईरहेको बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्