एकवर्षमा पक्राउ परेका ४६६ फरारबाट ७० करोड बढी जरिवाना असुल

एकवर्षमा पक्राउ परेका ४६६ फरारबाट ७० करोड बढी जरिवाना असुल

विराटनगर । अदालतको फैसलापछि कैद तथा जरिवाना भुक्तान छलेर फरार रहेकाबाट एक वर्षमै ७० करोड ५४ लाख ८० हजार ७७६ रुपिँया असुल भएको छ ।

अदालतको फैसला कार्यन्वयनमा मोरङ प्रहरीले गतवर्ष माघदेखि यसवर्षको माघसमममा ४६६ जना फरार प्रतिवादी पक्राउ गरेर ७० करोड ५४ लाख बढी जरिवाना भराउन सफल भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार पक्राउ परेका ४६६ जनाले १८९ वर्ष ५ महिना ३ दिन कैद भुक्तान गर्नुपर्ने थियो । उनीहरु विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका व्यक्ति हुन् । प्रहरीले फरार प्रतिवादी खोज्ने क्रममा एकवर्षको अवधीमा उनीहरुलाई पक्राउ गरेर अदालतमा पेस गरेपछि फैसलामा तोकिए अनुसारको कैद तथा जरिवाना भुक्तान गर्नेहरु हुन् ।

मोरङमा अझै फैसला कार्यान्वयनका पेन्डिङ मुद्दा एक हजार ३३५ वटा रहेका छन् । प्रहरीको तथ्यांक अनुसार यसमा दुई वर्षे हदम्यादको ९०१ र २ वर्षे हदम्याद बाहेकका ४३४ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्