हुण्डीमा मोरङ प्रहरीको डण्डी : एकवर्षमा सात करोड नियन्त्रण, राजस्वमा १२ करोड योगदान

हुण्डीमा मोरङ प्रहरीको डण्डी : एकवर्षमा सात करोड नियन्त्रण, राजस्वमा १२ करोड योगदान

विराटनगर । चोरी निकासी पैठारी गरि भन्सार छली गर्ने, अवैध काम गरि राजस्व छल्ने र हुण्डी कारोबारी एकवर्षमा २८ जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीको तथ्यांक अनुसार एकवर्षमा हुण्डीमार्फत गरिएको कारोबारमा निगरानी बढाउँदै ७ करोड १९ लाख ६८ हजार ६५० रुपैँया नियन्त्रणमा लिइएको छ ।

प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार चोरी निकासी पैठारीका क्रममा १५ वटा सवारीसहित २२ जना व्यक्ति नियन्त्रणमा परेका छन् । प्रहरीले अवैध रुपमा भन्सार छलेर भित्र्याएको २ करोड ७७ लाख २१ हजार बराबरको मालवस्तु भन्सारमा दाखिला गरेको हो ।

यसैगरी राजस्व छली गरेको आरोपमा ४ वटा सवारीसहित ६ जना व्यक्तिमार्फत २ करोड ८४ लाख १५ हजार ११५ रुपैँया बराबरको दावी राजस्व कार्यालय इटहरीमा दाखिला गरेको जानकारी दिइएको छ । एकवर्षको अवीधमा भन्सार, राजस्व र हुण्डीतर्फ १९ सवारी र २८ जना व्यक्ति नियन्त्रणमा लिदाँ १२ करोड ८१ लाख बढी राजस्वमा योगदान प्रहरीले पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्