गजल

गजल

-किस्मत खतिवडा
उक्सिन भनी गरिबीको दलदलबाट
जहाज चढेर उडे बिमान स्थलबाट

हैसियतको कुरा के गर्नुहुन्छ महोदय
आधा जीवन काटे चुडिने चप्पलबाट

अझै पनि अन्धकार छ गाउँको झुप्रोमा
झिलिमिली देख्छौ होला तिम्रो महलबाट

विना चेकजाँच क्विन्टल सुन भित्र्याई
भन्सार उठाउछौ नुन, तेल, चामलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्