आशा

<span class='c1'>आशा</span> <span class='c2'></span>

-चन्द्रकुबेर खापुङ
आशाको अर्थ अभिलाषा हो,
इच्छा हो, लोभ लालच हो,
अनि चाहना पनि हो,
आशा ध्यान हो,
संघर्ष हो,कर्म हो
अनि जिवन जीउने बहाना पनि हो।

कतै घाम लाग्नेछ भन्ने आशा
कतै पानी पर्नेछ भन्ने आशा
कतै उज्यालो पनि हुनेछ भन्ने आशा
कतै रात पनि पर्नेछ भन्ने आशा
कतै फूलको आशा, कतै काडाको आशा
कतै चलाख होला भन्ने आशा
कतै इमानदार होला भन्ने आशा

सुकुम्बासीलाई लालपुर्जा
आउनेछ भन्ने आशा
नि:सन्तानलाई
सन्तान जन्मने छ भन्ने आशा
बेरोजगारलाई
जागिर पाइनेछ भन्ने आशा
खलासीलाई
ड्राइभर हुने आशा

कतै यो मरोस् र
उसको ठाउँ म पाउनेछु भन्ने आशा
कतै यो जन्मन्छ र
मेरो ठाउँ लिनेछ भन्ने आशा,

आशा छ र त हामी छौं
आशा छ र त यो धर्ती आकाश छ,
केवल आवश्यकता पवित्र आशाको छ
आवस्यकता नि:स्वार्थ आशाको छ,
आवश्यकता कर्मसहितको आशाको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्