गजल

गजल

-अच्युत मणि पौडेल
गुनासो छ साथी यहाँ जिन्दगीको
हो रेटिन्छ घाँटी यहाँ जिन्दगीको

चुँडाएर फूल त्यो जगेर्ना छ काँडा
दिनै घोच्छ छाती यहाँ जिन्दगीको

अचानो र कट्टीसँगै यो छ गर्धन
निभाइन्छ बाती यहाँ जिन्दगीको

अनेकौँ व्यथा छन् महङ्गो छ पीडा
सबै मूल्य थाती यहाँ जिन्दगीको

सबै सर्प मनका जो भेटिन्छ मान्छे
हरेक पल छ घाती यहाँ जिन्दगीको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्