गजल

गजल

-भूपाल अधिकारी
जहाँ सब चीजको बेग्लै कथा छ
त्यहाँ हर एक पत्थर देवता छ

अरे! मुखले हमेशा राम भन्ने
उसैको हेर बगलीमा छुरा छ

गरे प्रस्ताव कालो मन हुँनेले
गरौंला प्रेम तिम्रो दिल सफा छ?

सधैं भर जिन्दगी नाटक बनायौं
बुझे कसको अनौठो भूमिका छ

हुरी आँधी चले के ले हियामा
यो छाती भित्र कैयौं जलजला छ

तिमी गर्छौं नदेखे झैँ कता हो
जलाऊँ घाटमा यौटा चिता छ

तिमी टाढा बसी अब हुन्न प्यारी
कसैको जिन्दगीको फैसला छ

थिएँ को को बहादुर बीर भन्ने
दुइटै हातमा जसको चुरा छ

न बोल्नै सक्छु अनि चुपचाप बस्छु
क कसलाई बताऊँ बाध्यता छ

नजर कति कति जुधे तिम्रा नजरमा
नसोच्नू प्रेमको सम्भावना छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्