म गलत हो म मूर्ख हो

म गलत हो म मूर्ख हो

-पारस भट्ट" प्यासी "
तिमी बोलेका एजेन्डा
प्रतिबद्धता पुरा नगर ,
बिकास का कुरा नगर
तिमी गरिव दुखीको लागि काम नगर,
समाजमा होस फाम नगर!
तिमी मलाइ ढिस डिस गर,,
तिमी म देखि रिस गर ,
तिमी कुनै गाउठाउ नजाउ
तिमी खाउ,
तिमी बजार जाउ ,
तिमी डाइमण्ड खाउ गलत हैन,
तिमी भर्जिन खाउ गलत हैन ,
तिमी दिन दिनै रक्सी खाउ गलत हैन,
तिमी चुरोट तान गलत हैन,
तिमी तिरेल एक्का तान गलत हैन ,
तिमी मिस्सी बास्सा एक्का तान,
गलत हैन!
तिम्रो जित होस् सुभकामना
हार कहिले नमान !
तिमी फुट्टि खेल गलत हैन,
तिमी तास खेल गलत हैन्,
तिमी गलत हैन
तिमी माहान हौ !
तिमी राम्रो छौ !
मैले तिमिलाइ
नमस्कार गरेको छु
मैले तिमिलाइ
सधै सम्मान गरेको छ
म यत्ती बोल्नु कारण
तिमिलाइ मतदान गरेको छु!
मैले केही सहनु पर्छ
जनातको गुनासो सुन्नुपर्छ
मेरो इज्जत
गाउँ समाजको इज्जत हो !
म जनप्रतिनिधि हुँ
मेरो इज्जत देशको इज्जत हो!
यत्ती कुरा बुझिदेउन !

ठिकैछ बुझ्दैनौ भने नि म सुइकार गर्छु
कि गलत लेखे त भन्नू मैले सुधार गर्छु!
मैले तिमिलाइ घचघच्याउछु!
तिम्रो चित्त दुखाउँछु
मैले तिम्रो बारे लेख्छु
म गलत हो म मूर्ख हो!

सुदुरपश्चिम बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्