विराटनगर–३ का क्षेत्रीको मृत्युमा कैफियत आशंका, ‘सिडिआर’बाट अनुसन्धान प्रारम्भ गर्दै प्रहरी

विराटनगर–३ का क्षेत्रीको मृत्युमा कैफियत आशंका, ‘सिडिआर’बाट अनुसन्धान प्रारम्भ गर्दै प्रहरी

विराटनगर । विराटनगर–३ का युवा रोशन क्षेत्रीको मृत्युमा कैफियत आशंका गर्दै मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्ने भएको छ । स्थानीय जनप्रतिनिधि समेतको अनुरोधमा प्रहरीले मृत्युको कारण जानकारी लिन ‘कल डिटेल रेकर्ड’ बाट अनुसन्धान प्रारम्भ गर्ने भएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले प्राविधिक अनुसन्धानका लागि अदालतबाट अनुमति लिने काम अगाडी बढाइएको जानकारी दिएका छन् । अदालतको स्वीकृति बिना नेपाल टेलिकमले व्यक्तिको कल डिटेल नदिने भएका कारण अनुमतिका लागि लेखि पठाइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिएका हुन् ।

पोष्टमार्ट रिपोर्ट आएपछि अनुसन्धान सुरु हुने हो तर यसमा केहि कैफियत छ की भन्ने धेरैले भन्नुभएपछि प्रहरीले प्राविधिक अनुसन्धान सुरु गर्ने तयारी गरिरहेको छ, दाहालले भने–प्राविधिक अनुसन्धान गर्दै गर्दा पोष्टमार्टम रिपोर्ट समेत आईसक्ने भएकोले के हो ? भन्न सहज हुनेछ ।

गत आइतबार विराटनगर–३ को एउटा चौरमा तार घाँटीमा बेरिएको अवस्थामा उनको शव फेला परेको थियो । घाँटीमा तारको पासो लागेको जस्तो देखिएपनि मृतक बसेको स्थितिमा फेला परेपछि आफन्त तथा अन्यले समेत मृत्यु नभई हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्