छ लेन सडकको मर्मत गर

छ लेन सडकको मर्मत गर

रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर खण्डको अवस्था दैनिक बिग्रदै गएको छ । भारवहन क्षमता भन्दा तीन गुण बढी भार बोकेका औद्योगिक क्षेत्रका मालवहाक गुड्दा सडकमा डाँडापाखा र लुम्सा परेका छन् । ठूला मालवहाक सवारीले कति धेरै वजन बोक्छन् भन्ने कुरा शुक्रबार मात्रै बुढीगंगामा भएको एउटा दुर्घटनाबाट पुष्टि हुन्छ । दुर्घटनापछि सवारीले बोकेको मार्बलको पथ्थर पन्छाएर नागरिकको उद्धार गर्न चार घण्टा बढी समय लागेबाट सडकको भारवहन क्षमता भन्दा अधिक भार सवारीले बोकिरहेको स्पष्ट हुन्छ ।

कोशी राजमार्गको रानी–धरान खण्ड निर्माणाधिन चरणमै छ । सम्पन्न भएकामध्ये भन्सार बिन्दुबाट औद्योगिक क्षेत्रसम्म मालवहाक गुड्ने सडक भने बिग्रदै गएको छ । सडकमा जताततै डाँडापाखा छन् । सवारीको गति बढी हुनासाथ दुर्घटना निम्तने अवस्था देखिन्छ । सडकको भारवहन गर्ने क्षमता भन्दा बढी लोड लिएर आएका सवारी एउटै लेनमा गुड्ने गरेका छन् । जसको असर सडकको एउटा लेन पुरै बिग्रिसकेको छ ।

मेडियन स्ट्रिप्सतर्फका दुईवटा लेन भत्केपछि बाँकी त्यसपछिको लेनमा यात्रु वहाक सवारी गुड्छन् । त्यसपछि नालातर्फको लेन पार्किङकै कारण गज्याङगुज्युङ्ग हुने गरेको छ ।

निर्माणाधिन चरणमा रहेको सडक भत्केका ठाउँमा तत्काल मर्मत नगरे क्रमशः दुरावस्था आउने निश्चित छ । सडक मर्मत मात्रै गरेर पनि हुने देखिदैन । सडक सुरक्षा, सुशासन समेत पालना गराउनुपर्ने देखिन्छ । अर्को पक्ष राजमार्ग प्रयोगमा पनि ध्यान दिनुपर्ने हुन्छ । राजमार्ग पार्किङमा प्रयोग नै गर्न पाइदैन । तर, पार्किङले अस्तव्यस्त बनाएको सडकमा बडी लोड भएका सवारीले भत्काएर खण्ड–खण्ड र खाल्डाखुल्डी बनाइसकेको छ । जसका कारण दुर्घटना दैनिक बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्