गजल

गजल

-सृष्टि सावित्रा
मान्छेलाई बुझ्न सकिदैन हतार गरेर
बरु बजार छिट्टै बुझिन्छ व्यापार गरेर

थाकिसकेछन् हिजो मेरो गुन गाउनेहरू
ऐना कहिल्यै थाकेन रुपको प्रचार गरेर

मलामी पाउन मुस्किल छ गरिबहरूले
मर्न मन छ चिता आफैंले तयार गरेर

म पनि कुनै समय घृणा गर्थें तिमीलाई
हिड्दैछु आज तिम्रो प्रेम साभार गरेर

कि मैदान छोड कि हिम्मत बोकेर आऊ
युद्ध लड्न सक्दैनौ मन दोधार गरेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्