गजल

गजल

-भूपाल अधिकारी
सत्य मायालु जाल गर्दैनन्
रेटी घाँटी हलाल गर्देनन्

प्रीतको चाहना भए दिलमा
बुझ्नु लौँ आलटाल गर्दैनन्

आजभोलि त्यसै रिसाएथेँ
किन हो बोलचाल गर्दैनन्

लाग्छ हर रात आई सपनामै
ज्यानमारा सवाल गर्दैनन्

सर्प विष हिन भनी नजिस्काऊ
कालले ख्याल ख्याल गर्दैनन्

राख्नु बेकार आश नेतामा
धुन्धुकारी कमाल गर्दैनन्

हो यहाँ राज्य चल्छ रावणको
रामलाई बहाल गर्दैनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्