गजल

गजल

- किस्मत खतिवडा
आकाशको चन्द्रसुर्य, ताराले पनि
गर्नेछ मेरै प्रशंसा हावाले पनि

पिडा सहनले बानी परेर अचेल
खासै असर पार्दैन पिडाले पनि

यो दिल पथ्थर भएको दिनबाट
दुश्मनी गर्न छोड्यो सिसाले पनि

म भित्ताको तस्बिर नियालीरहन्छु
नियाल्ने गर्छ मलाई भित्ताले पनि

तिमीले चिन्न नसकेको 'किस्मत'लाई
कुनैदिन अवश्य चिन्छ दुनियाँले पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्