गजल

गजल

-आँचल कुमार शर्मा
मौनता बोलचाल गर्दैनन्
ज्ञानीले अङ्कमाल गर्दैनन्

छर्नलाई सुवासका अत्तर
फूलले आलटाल गर्दैनन्

पातमा शीत टल्किएको छ
स्फटिकले सवाल गर्दैनन्

फेरि खाटा बसेको जस्तो भो
यादले देखभाल गर्दैनन्

आँसु पुछ्दै स्वयम् भिज्यो मनमा
यो दुखेसो ,रुमाल गर्दैनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्