गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अनिता भण्डारी
केही कथा अनि केही कहानी बनेर
बस्न मन छ ती आँखाको नानी बनेर

मुहान खोज्दै तिमी छट्पटाउदै हिड्दा
तिम्रो सफरमा भेटिन सकूँ पानी बनेर

तिम्रा हर बाधा अनि अड्चनहरूमा पनि
सधैं साथ दिन सकूँ, मायाको खानी बनेर

तिमीबिना, जवानीको अर्थ नदेख्दा
बाँच्ने रहर छ तिम्रो जिन्दगानी बनेर

फुल्दै गरेको यौवन तिम्रै नाम गरिदिएँ
सँग सँगै जिउने अब भाग्यमानी बनेर

विश्वास भरोसा टुट्न नदिनु तिमीले
म बस्नेछु त्यो दिलमा रानी बनेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्