बराहक्षेत्रमा तीनसय केजी गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रण

बराहक्षेत्रमा तीनसय केजी गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रण

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट सशस्त्र प्रहरीले २ सय ७३ किलो गाँजा लोड गरिएको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारको चतरा– धरान सडक खण्डमा पर्ने बगुवाबाट सूर्यकुण्डतर्फको भित्री सडकमा गाँजा लोड भएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो ।

आइतबार बिहान सशस्त्र प्रहरी बल सुरक्षा बेस चतराबाट खटिएको टोलीले को १ च २९३७ नम्बरको एम्बुलेन्समा लोड भएको गाजा बरामद गरेको थियो । प्रहरीलाई देखेपछि एम्बुलेन्स चालकसहित केही व्यक्तिहरू भने एम्बुलेन्स छाडेर फरार भएको जनाइएको छ । एम्बुलेन्स भारत सरकारबाट क्यू.जि.ई रेजिमेन्टल एशोसिएसनको नाममा अनुदान सहयोगमा उपलब्ध भएको देखिन्छ ।

नेपाल प्रहरीले शनिबार भेडेटारमा मे १ च २०३२ नम्बरको एम्बुलेन्सबाट ५२ केजी गाजा बरामद गरेको थियो । यता बराहक्षेत्रमा समेत एम्बुलेन्समै गाँजा बरामद भएको हो । गाँजासहितको एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले शनिबार साँझ भेडेटारबाट एम्बुलेन्सबाटै ५२ केजी गाँजासहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ भेडेटारबाट एम्बुलेन्ससहित त्यसका चालक विराटनगर महानगरपलिका– ८ का ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्