विराटनगरको पर्यटनमा नयाँ उत्साह

विराटनगरको पर्यटनमा नयाँ उत्साह

सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको ढोका खोल्ने कुरा सकारात्मक छ । सुरक्षा चुनौतीमा केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ ।
भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो । स्वभाविक रुपमा राजनीतिक चहलपहल बढी हुन्छ । प्रादेशिक राजधानीसँगै यहाँका गतिविधिमा फरकपन देखिन्छन् । ती सबै कुराले सुरक्षा संवेदनशीलता स्वभाविक मानिन्छ । तर, अवसरहरुको सिर्जना नगरी प्रादेशिक राजधानीको महत्व पनि स्थापित हुनसक्दैन । रात्रीकालिन होटल व्यवसाय सञ्चालन पनि अवसर सिर्जना गर्ने एउटा माध्यम हो । त्यसका लागि स्थानीय सरकारले आफ्नो पेरीफेरीलाई चलायमान बनाउन पहल गर्नु जरुरी थियो । त्यो पहल विराटनगर महानगरपालिकाले लियो, त्यसको प्रभाव सकारात्मक हुनसक्ने देखिन्छ ।

रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्दा जनशक्ति परिचालन संख्या बढ्नसक्छ । अर्को महत्वपूर्ण कुरा छिमेकी देश भारतमा लगाइएको कतिपय बन्देजको लाभ विराटनगरले लिनसक्छ । त्यसैपनि भारतबाट साँझपख विराटनगर आउने र केहि समय बिताएर फर्कनेहरुको संख्या बढ्दो छ । रात्रीकालिन होटल सञ्चालनले उनीहरुको बसाईको समय लम्बिनसक्छ । पर्यटकले गर्ने खर्च बढ्दा त्यसको फाइदा होटल व्यवसायमा प्रत्यक्ष र अर्थतन्त्रमा सकारात्मक चयानमान हुनसक्छ । भारतीय रुपैँयाको अभाव बजारमा सहजै हट्न सक्ने अवस्था सिर्जना हुँदा त्यसको फाइदा अर्थतन्त्रमा सकारात्मक हुन्छ ।

आन्तरिक रुपमा पनि यसको महत्व छ । औद्योगिक क्षेत्रसँग जोडिएको विराटनगरमा दिनभर काम गरेर ८ बजेपछि पारिवारिक जमघट गर्ने अवसरको सिर्जना जरुरी थियो । उद्योगी–व्यवसायीहरुले यो माग लामो समयदेखि गर्दै आएका थिए । विराटनगरमा होटल व्यवसायमा नयाँ अवधारणासहितको लगानी आकर्षण हुने संभावना समेत उतिकै छ । पछिल्लो समय फस्टाएको रेष्टुरेन्ट कल्चरमा थप परिस्किृत हुनसक्छ ।
अतः सुरक्षा मापदण्ड भित्र रहेर रात्रीकालिन होटल व्यवसायका लागि सुरु भएको पहललाई सार्थकता दिन सबैले सहयोग गर्नु जरुरी छ । विराटनगर क्रमशः सुस्ताएको शहरबाट जुरुक्क उठ्नसक्छ भन्ने मान्यता स्थापित गर्न सकारात्मक निर्णयको प्रतिक्षा सकारात्मक आउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्