गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
सबथोक पाएर पनि खुशी बन्न नसकेको
म तिम्रै प्रेमिका हुँ! श्रीमती बन्न नसकेको

सियोबाट तरबार बनिसके आफ्नाहरु
म पुरानै कर्द हुँ! खुकुरी बन्न नसकेको

आँखामा बस्ने हरुको मात्रै के कुरा गर्नु यहाँ
कोही छ,मुटुमै बसेर ढुक्ढुकी बन्न नसकेको

तिमी पनि आफुले चाहेर हुन सकेनौं गगन
मेरो पनि कथा छ, चाँदनी बन्न नसकेको

प्रतिफल कहिल्यै दिएन, प्रेमको लगानीले
यसकारण हो मेरो जिन्दगी बन्न नसकेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्