गजल

गजल

-देवेन्द्र शाही दर्पण
उचाईको पनि त उचाई होला!
होचो सम्झिएको मलाई होला!

ऑशूमा रमाउदा यो सोचिएन,
ऑखाको पनि गहिराई होला!

तिम्रो के होला ए भंमराहरू हो?
फूलमा दागलागे भरपाई होला!

बा सालिकहरू किन बोल्दैनन्?
सायद शान्तीको पर्खाइ होला!

तिमी छुट्टिदा पनि बाँच्न सकियो,
सोचिएन जहर पनि दवाई होला!

कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्