म र मेरो भित्रको अदालत

म र मेरो भित्रको अदालत

-रविन्द्र कुमार यादव
मेरो भित्र पनि एउटा अदालत छ ।
जहाँ मेरो जीवन म बिचको बहस हुन्छ ।
मेरो भित्रको अदालतमा फरक किसिमको छलफल हुन्छ ।

मलाई गलत साबित गर्न अनेको किसिमको प्रमाण पेस गर्छ, मेरो विपक्षिमा मेरो आफन्तहरू छन् ।
प्रमाणको रूपमा म स्वंम,
म हार मान्न चाहदिन, जीत हुन दिदैंनं ।

मेरो भावना संग खेल्छ, खुसी खोसिन्छ रितो गोजी बनाउँछ मेरो रहर त्याग्न वाध्यता बनाउँछ ।

मेरो भित्रको अदालतमा हरेक दिन बहस हुन्छ ।
म दोषी हुँदा मेरो एक दिनको सजाय हुन्छ ।
मलाई रात भरी सुत्न दिदैन , अनि म आफे संग प्रश्न गर्छु उतर भेट्दैन अनि आफुलाई कमजोर एक्लो महसुस गर्छु ।

मलाई बलियो बनाउन मेरो आमाको साथ बाबाको हौसाला बाहेक केही हुँदैन ,अनि म सफल हुन मेरो प्रयास

म हुनु नै मेरो प्रमाण हो म भए सम्म मेरो भित्रको अदालत म सकिए मेरो अदालत सकिन्छ पीडामा भरिएको दिन अनि आत्मा शान्ति पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्