गजल

गजल

-सुजता डि.सी.
जहाँ मेरो देशलाई मनमा अटाउन सक्दैन
त्यहाँ सभ्यतालाई अटूट बनाउन सक्दैन

मान सम्मानको हितबाट देश पछि परेको हो
त्यहाँ खुशीका बहरहरू सजाउन सक्दैन

फूल फुलाउन पनि त सप्रेको बोट चाहिन्छ
बुझ्नुस् नसप्रेको बोटले फूल फुलाउन सक्दैन

बगैँचामा रहेका छन् अनेकौँ चाहाना र इच्छा,
भुमरीले पनि आफ्नो कार्य रचाउन सक्दैन

जसको भरपुर धन दौलत छैन यो लोकमा
उसले इज्जत प्रतिष्ठा पनि कमाउन सक्दैन

सजिलो नसोँच्नु यहाँ हेर्नलाई पनि गाह्रो छ
चित्त नबुझेको मनलाई यसै रिझाउन सक्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्